धनगढी कञ्चनपुरसँग ११ रनले पराजित

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अनतर्गत आज (बिहिबार) भएको पहिलो खेलमा धनगढी टिम चौराहा कञ्चनपुर आइकोनिकसँग ११ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनाएको थियो । कञ्चनपुरका lagi सागर पुनले २० रन, सुनिल धमलाले ३९ रन, सिद्धान्त लोहनीले २७ रन बनाए । धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई दुई साथै सुशन भारी र प्रेम तामाङले एक एक विकेट लिएका थिए ।

१०६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाउँदा अल आउट भएको हो । धनगढीका लागि अनिल मडण्लले १२ रन, आरिफ शेखले २२ रन, पारस खड्काले २३ रन र पृथु बास्कोटाले १९ रन बनाए । प्रेम तामाङ र सुसन भारी एक एक रनमा आउट भए । कञ्चनपुरका अभिनाश कर्णले तीन, ललित भण्डारी र चन्द्र साउदले दुई दुई साथै सिद्धान्त लोहनी र सुनिल धमलाले एक एक विकेट लिए ।खेलको म्यान अफ द म्याच अभिनाश कर्ण घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *