बोरुसिया डर्टमुण्डका खेलाडी चढेको बसमा बम विस्फोट

जर्मन फुटबल क्लब बोरुसिया डर्टमुण्डका खेलाडी चढेको बसमा तीनवटा बम विस्फोट भएको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत मोनाकोसँगको पहिलो लेगका लागि खेलाडी लिएर गएको बोरुसियाको बसलाई लक्षित गरी बम विस्फोट भएपछि मंगलबार राती हुनपर्ने खेल रद्द भएको छ ।
Borussia Dortmund players hang around outside their hotel after getting off their team coach

पत्रकार सम्मेलनमा टिमको बसमा लक्षित गरी आक्रमण भएको डर्टमुण्डका प्रहरीले बताएका छन् । विस्फोटमा परि डर्टमुण्डका खेलाडी मार्क बाट्र्राको नाडीको हड्डी भाँचिएकाले शल्यक्रिया गरिएको छ । अरु कोही खेलाडी घाइते नभएको क्लबले जनाएको छ ।

The Dortmund bus remained outside the hotel, L'Arrivee, and was cordoned off by police

विस्फोटपछि स्थगित गरिएको खेल बुधबार राति साढे १० बजे हुने भएको छ । विस्फोटनका कारण खेलाडी चढेको बसमा क्षति पुगेको छ । नेपाली समय अनुसार मंगलबार राति सवा १० बजे तिर विस्फोट भएको हो । घटनापछि टिमका सबै खेलाडी तथा पदाधिकारी तर्सिएको अवस्थामा रहेको डर्टमुण्डका सिइओ हान्स जोएचिम वाट्जकेले बताएका छन् । घटनापछि सामाजिक सञ्जालमा डर्टमुण्डको समर्थनमा धेरै मानिसले विभिन्न सामग्री पोष्ट गरेका छन् ।

Police officers were on the scene after the bus's windows shattered, injuring one player

Leave a Reply

Your email address will not be published. Required fields are marked *