मुम्बईद्वारा कोलकाता ४ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई ४ विकेटले हराएको हो ।

मुम्बाईको वाङखेडे रंगशालामा पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन जोेडेको थियो। कोलकाताका लागि मनिष पाण्डेले नटआउट ८१ रन, क्रिस लिनले ३२ तथा कप्तान गौतम गाम्भिरले १९ रन बनाए । मुम्बईका क्रुनल पाण्डेयले तीन तथा लासिथ मालिंगाले दुई विकेट लिए ।

जवाफमा मुम्बईले १७९ रनको लक्ष्य खेल सकिन एक बल बाँकी हुँदा ६ विकेट गुमाएर दियो । मुम्बईका लागि नितिश रानाले ५०, पार्थिव पटेलले ३०, हार्दिक पाण्डेले नटआउट २९ तथा जोस बट्टलरले २८ रन बनाए । कोलकाताका अंकित राजपुतले तीन विकेट लिए ।

Leave a Reply

Your email address will not be published.