हैदरावादसंग गुजरात ९ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज (आइतबार) भएको खेलमा सनराइजर्स हैदरावादले गुजरात लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले १३६ रनको लक्ष्य दिएको थियो। गुजरातका लागि ड्वाने स्मिथले ३७, ज्यासन रोएले ३१ तथा दिनेश कार्तिकले ३० रन बनाए। गुजरातलाई कम स्कोरमा रोक्न हैदारावादका रसिद खानले ३ विकेट लिए। यस्तै भुवनेश्वर कुमारले २ विकेट लिए।

जवाफमा हैदरावादले १३५ रनको लक्ष्य २७ बल बाँकी छँदा मात्र १ विकेट गुमाएर भेट्टायो । हैदरावादका लागि डेभिड वार्नरले नटआउट ७६ रन बनाए, हेनरिक्सले ५२ रन बनाए ।

म्यान अफ द म्याच रसिद खान घोषित भए । हैदराबादले लगातार २ खेल जितको छ, भने गुजरातले २ वटै खेल हारेको छ ।

Leave a Reply

Your email address will not be published.