पुनेसंग मुम्बई ७ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा राइजिङ पुने सुपरजाइन्ट्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो । मुम्बईका लागि जोस बट्लरले सर्वाधिक ३८ रन बनाए । यस्तै नितिश रानाले २८ बलमा ३४ रन बनाए । पुनेका इमारान ताहिरले तीन, रजत भाटियाले दुई साथै बेन स्टोक्स र अदम जम्पाले एक एक विकेट लिए ।

जवाफमा रनको लक्ष्य पुनेले १ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक रहेको बेला कप्तान स्टेभेन स्मिथले लगातार दुई छक्का प्रहार गर्दै पुनेलाई जिताए ।

स्मिथले ५४ बलमा ३ छक्का र ७ चौका सहित अविजित ८४ रन बनाए । यस्तै सुरुवाती व्याट्सम्यान अजिन्क्या रहानेले ३४ बलमा ६० रनको योगदान दिए ।

आईपिएल क्रिकेटमा आज गुजरात लायन्स र कोलकाता नाईट राईडर्स भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published.