चेल्सी र आर्सनलको जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको हो।

चेल्सीका लागि १० औं मिनेटमा इडन हजार्डले गोल गर्दै लाई सुरुवाति अग्रता दिलाए । तर २६ औं मिनेटमा सर्जियो अग्युरोले सिटीका लागि बराबरी गोल फर्काए । ३५ औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सी २–१ ले विजयी भयो ।

Hazard finds the bottom corner to put Chelsea in front in the high-profile Premier League clash

जितपछि शीर्ष स्थानको चेल्सीको ३० खेलबाट ७२ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको ६५ अंक छ । चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५८ अंक छ ।

त्यस्तै बुधबार राति भएको खेलमा आर्सनलले वेष्ट ह्यामलाई ३–० ले हराएको हो । आर्सनलका लागि ५८ औं मिनेटमा ओजिलले पहिलो गोल गरे । त्यसको १० मिनेटपछि वालकोटले गोल गर्दै अग्रता दोब्बर पारे र ८३ औं मिनेट जिरउडले गोल गरेपछि आर्सनल ३–० ले विजयी भयो ।

Ozil scores the opening goal at the Emirates Stadium as he takes advantage of poor goalkeeping by Darren Randolph

जिपपछि पाँचौं स्थानमा उक्लिएको आर्सनलको २९ खेलबाट ५४ अंक भएको छ । समान ५४ अंक नै भएपछि म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा झरेको छ ।

राति भएका अरु खेलमा हल सिटीले मिडल्सबर्गलाई ४–२ तथा साउथह्यामप्टनले क्रिष्टल प्यालेसलाइए ३–१ ले हरायो ।

Leave a Reply

Your email address will not be published.