नेक्सस यु-१६ कप क्रिकेट आजदेखि

नेक्सस क्रिकेट एकेडेमी (एनसिए)को आयोजनामा काठमाडौंमा यु-१६ नेक्सस कप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता आज (बुधबार) देखि हुने भएको छ । प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहने आयोजक नेक्सस क्रिकेट एकेडमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी दिनुभयो ।

१७ दिनसम्म चल्ने प्रतियोगिता बुढानिलकण्ठ आवासीय माध्यामिक विद्यालयका २ वटा मैदान, ल्याब्रोटरी स्कुल कीर्तिपुर र त्रिवी क्रिकेट मैदान गरि ४ वटा मैदानमा खेलाइने छ। २८ वटा टिमलाई ४ समूहमा विभाजन गरिएको छ, हरेक टिमले लिग चरणमा ६/६ वटा खेल खेल्नेछन् ।

राजधानीबाहिरबाट आउने टिम तथा खेलाडीका लागि खाना बस्नको व्यवस्था आयोजकले नै बेहोर्ने जनाएको छ।

१६ वर्षमुनीका खेलाडी मात्रै सहभागी गराउने प्रतियोगितामा खेलाडीको उमेर परिक्षण उनिहरुको शैक्षिक प्रमाणपत्र र बोन टेस्टबाट गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि ५८ लाख रुपैयाँ खर्च हुने आयोजक नेक्सस क्रिकेट एकेडमीले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै म्यान अफ द सिरिजले २० हजार तथा इमर्जिङ प्लेयर र उत्कृष्ट बलरले १०/१० हजार रुपैयाँ पाउनेछन् ।

No automatic alt text available.

Leave a Reply

Your email address will not be published.