सबैलाई रुवाएर डब्लूडब्लूईबाट बिदा हुने अण्डरटेकरको वास्तविकता

नब्बे र त्यसपछिको दशकमा बाल्यकाल बिताउनेका लागि रेसलिङ एउटा खेलभन्दा माथि थियो । टिभीमा घण्टौं टाँसिएर बस्नु, रेसलरहरुको कार्ड जम्मा गरेर राख्नु अथवा रेसलिङ भएको खेललाई आफूभन्दा पनि माया गर्नु – यो त्यो समय थियो जब बच्चालाई फुटबल, क्रिकेटभन्दा पनि रेसलिङमा रुची हुने गर्दथ्यो ।

त्यसकारण डब्लूडब्लूएफ (जुन पछि डब्लूडब्लूई बन्यो) को हरेक खेललाई निकै रुचीपूर्वक हेरिन्थ्यो । रेसलिङमा हुने लडाईं वास्तविक नभई मनोरञ्जनका लागि गरिएको भन्ने बारे ज्ञान नै नभई उक्त कार्यक्रम निकै मन लगाएर हेर्ने गरिन्थ्यो ।


IMAGE DISTRIBUTED FOR WWE - Undertaker gazes at the crowd after what could be his final WrestleMania match on Sunday, April 2, 2017, in Orlando, Fla. (Phelan M. Ebenhack/AP Images for WWE)

आखिर को हुन् अण्डरटेकर ?

‘द अण्डरटेकर’ आफैंमा एक पूरा पहिचान हो तर यी व्यक्ति को हुन् र रिंग बाहिरको दुनियाँमा उनलाई कुन नामले चिनिन्छ त्यो जान्नु रोचक हुनेछ ।

उनको वास्तविक नाम मार्क विलियम क्यालवे हो । सन् १९८४ मा वर्ल्ड क्लास च्याम्पियनशिप रेसलिंगसँग जोडिएका क्यालवे सन् १९८९ मा ‘मीन मार्क’ को रुपमा वर्ल्ड च्याम्पियनशिप रेसलिङमा पुगे र त्यहाँबाट उनको यात्रा सन् १९९० मा वर्ल्ड रेसलिङ फेडेरेशन पुग्यो ।

२७ वर्ष बितेपछि जब अन्डरटेकर बिदा लिइरहेका बेला सोसल मिडियामा मानिसहरुले दुःख मनाउ गरिरहेका छन् र उनी रिंगबाट बाहिरिनु निकै ठूलो कुरा भएको बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.