भक्तपुरमा डुवाथोलन हुने

भक्तपुर ट्रायथलन संघको आयोजनामा नयाँ बर्षको अवसर पारेर डुवाथोलन प्रतियोगिता हुने भएको छ । दौड र साइक्लिङको प्रतियोगिता आयोजना गरिने प्रतियोगिताका प्राविधिक धनेश प्रजापतिले जानकारी दिए ।

रफत सञ्चार क्लबमा आज (मंगलबार) पत्रकार सम्मेलन गरी सो प्रतियोगिताबारे जानकारी दिएको हो। संघका उपाध्यक्ष कृष्णभक्त दुवालले बिस्केटको रौनकतासँगै नयाँ बर्षलाई स्वागत गर्नुका साथै खेल क्षेत्रबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए ।

भक्तपुरमा पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगितामा ३ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको छ ।

प्रतियोगिताको बिजेताले १० हजार, दोस्रो हुनेले ५ र तेस्रो हुनेले ३ हजार पुरस्कार पाउनेछन् । त्यस्तै दुई जना इमर्जिङ खेलाडीलाई जनही पाँच पाँच हजार प्रोत्साहन पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *