अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपबाट नेपाल पराजित

थाइल्यान्डको बैंककमा जारी थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप (किङ्स कप)मा नेपालका प्रेम चौधरी र दिपक श्रेष्ठ पहिलो राउण्डबाटै प्रतियोगिताबाट बाहिरीएका छन् ।

५२ केजी तौल समूहमा प्रेम चौधरी उज्वेकिस्तानका मुक्केवाज लजिपोभ जासुरवेकसँग अंकको आधारमा पराजित भए।

त्यस्तै ६४ केजी तौल समूहमा दिपक श्रेष्ठ पनि मंगोलियाका मुक्केवाज बतासुकोभ हिन्जोरिङसँग अंककै आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाए।

Leave a Reply

Your email address will not be published.