भलिबल संघ र राष्ट्रिय वाणिज्य बैंकबीच सर्वाधिक रकमको प्रायोजन सम्झौता

नेपाल भलिबल संघ र राष्ट्रिय वाणिज्य बैंकबीच अहिलेसम्मकै सर्वाधिक रकमको प्रायोजन पाएको छ। आज (आइतबार) भएको सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकको रुपमा आगामी दुई बर्षको लागि नेपाल भलिवल संघलाई २० लाख रुपैयाँ सहयोग गर्नेछ ।

नेपाली पुरुष राष्ट्रिय टोलीले माल्दिभ्समा भएको सेन्ट्रल जोन कास्य जित्दै पुरुषतर्फ पहिलो पदक जितेपछि भलिबल संघले ठूलो रकमको प्रायोजक पाएको हो।

राजधानीमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र बैंकका प्रमूख कार्यकारी अधिकृत (सिईओ) किरण कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्ष गरेका हुन्। सम्झौता पछि बैंकले संघले गर्ने तेस्रो महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा मुख्य प्रायोजक रहनेछ।

यस्तै दुई वर्षसम्म बैंकले भलिबल संघलाई वार्षिक रुपमा १० लाख प्रदान गर्नेछ। क्लब भलिबल लिग यही चैत २९ गतेदेखि काठमाडौंमा हुँदैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा चैत २९ गते देखि बैशाख ४ गतेसम्म सञ्चालन हुने भलिबलमा पुरुषतर्फ ८ तथा महिलातर्फ ६ टिमको सहभागिता रहनेछ।

गत भदौमा संघले गरेको तेस्रो एनभिए क्लब च्याम्पियनसिपमा उत्कृष्ट भएका टिमलाई क्लब लिगमा छनौट गरिएको हो।

प्रतियोगितामा सहभागि हुने प्रत्येक टिमले ४ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ।

प्रतियोगिताको महिला र पुरुषा दुवैतर्फको विजेताले २ लाख तथा उपविजेताले १ लाख पुरस्कार पाउने छन्। त्यस्तै, तेस्रो हुनेले ५० तथा चौथो हुनेले २५ हजार हात पार्नेछन्।

सर्बोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान १५-१५ हजार तथा उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाईकर र प्रशिक्षकले समान ५-५ हजार पाउने छन्।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहही बलको एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, नेपाल पुलिस क्लब, ढोरपाटक स्पोर्ट्स क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र बुटवलको मणिमुकुन्द भलिबल क्लब छन्।

यस्तै महिलातर्फ न्यु डाएमण्ड क्लब, एपीएफ, पुलिस, आर्मी र जावलाखेल स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

Your email address will not be published.