विएमके खुला बास्केटबल आजदेखि हुने

विशाल मिलन केन्द्रको आयोजनामा विएमके खुला बास्केटबल प्रतियोगिताको चौथो संस्करण आज (शनिवार) देखि चैत २९ गते हुने भएको छ। प्रतियोगिताका खेलहरु विशालनगरस्थित विशाल मिलन केन्द्रको बास्केटबल कोर्टमा हुनेछ।

प्रतियोगितामा पहिलो पल्ट बंगलादेशको नेभी टिम समावेश हुदैछ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विशाल मिलन केन्द्रका खेलकुद विभाग संयोजक प्रनिशजंग शाहले बताए, ‘बंगाली टोली काठमाडौं आइसकेको छ। उनीहरुलाई खाने र बस्ने सुविधा आयोजकको तर्फबाट उपलब्ध गराइएको छ।’

प्रतियोगितामा बंगलादेशको नेभी र काठमाडौंका नेपाल आर्मी, आयोजक विशाल मिलन केन्द्रको टिम, इनोभेटिभ बानेश्वर, साउथ साइडर्स समावेश हुनेछ। सबै खेल लिगको आधारमा हुनेछ।

प्रतियोगिताको विजेतालाई ३० हजार र उपविजेतालाई २० हजार पुरस्कार पाउनेछ। यस्तै ‘मस्ट भ्यालुएवल खेलाडी’ लाई १५ हजार रुपैयाँबाट सम्मान गरिने छ।

प्रतियोगिताका लागि ४ लाख ७५ हजार रुपैयाँको बजेट छुट्याइएको संयोजक शाहले बताए। उनले मुख्य प्रायोजक हिमालय अन टपले २ लाख ५० हजार रुपैयाँको सम्झौता गरेको जानकारी दिए। यस्तै, सहप्रायोजकमा गोर्खा बु्रअरी र हिमालयन डिस्टिलरी रहेका छन्।

Leave a Reply

Your email address will not be published.