अग्नी रुपन्देही क्वाटरफाइनलमा प्रवेश

टुबोर्ग तेस्रो माई भ्याली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) भएको खेलमा अग्नी रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ। रुपन्देहीले भारत कोलकाताको दुर्गापुर स्टिल टिएसवाईलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेको हो।

दुर्गापुर स्टिलका लागि २८ औँ मिनेटमा बाबुलाल मण्डलले गोल गरे । तर, ४६ औं मिनेटमा विजय धिमालले रुपन्देहीका लागि बराबरी गोल फर्काए ।

निर्धारित समय सम्म १/१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको हो। पेनाल्टी सुटआउटमा रुपन्देहीले दुर्गापुर स्टिल ४-२ गोलले पराजित गरेको हो। खेलको म्यान अफ दि म्याच बाबुलाल मण्डल घोषित भएका थिए। उनले नगद रु. ७ हजार प्राप्त गरे ।

भोलि त्रिभुवन आर्मी क्लबविरुद्ध पश्चिम बंगाल टिम भिड्नेछ।

पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको विजेताले उपाधिसहित ४ लाख रुपैँया र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १ सय ५० सिसिको यमाहा मोटरसाइकल प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार तथा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.