विश्व मुवाथाईमा पदक जित्ने नेपाली खेलाडी सम्मानित

थाइल्यान्डमा सम्पन्न १४ औं विश्व मुवाथाई च्याम्पियनसिपमा पदक जित्ने चार नेपाली खेलाडीलाई नेपाल राष्ट्रिय मुवाथाई संघले आज (बिहीबार) सम्मान गरेको छ।

राष्ट्रिय खेलकुद परिषाद्का सदस्य सचिव केशव कुमार विष्टले स्वर्ण पदक जितेका सञ्जय राईसहित अनिशा खड्का, दीपक तामाङ र करुण उप्रेतीलाई प्रमाणपत्र सहित सम्मान गरेका हुन्। स्वर्ण पदक जितेका सञ्जयलाई सघले नगद रु २० हजार पनि प्रदान गरेको छ।

मार्च ११ देखि १७ तारिखसम्म भएको उक्त प्रतियोगितामा नेपालबाट कूल ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा सञ्जयले पुरुष ४८ केजी तौलसमूहको फाइनलमा स्पेनका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन्।

महिलाको ६७ केजीमा अनिशा खड्काले रजत तथा पुरुषको ५७ केजीमा दीपक तामाङ र महलिाको ५४ केजीमा करुणा उप्रेतीले कांस्य जिते।

नेपालले स्वर्ण जितेको यो पहिलो अवसर हो। प्रतियोगितामा विभिन्न ४० राष्ट्रको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published.