नेपाल पुलिस क्वाटरफाइनलमा प्रवेश

टुबोर्ग तेस्रो माई भ्याली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) भएको उद्घाटन खेलमा नेपाल पुलिस विजयी भएको छ। नेपाल पुलिसले आयोजक माई भ्याली फुटबल क्लबलाई ३-० गोलले पराजित गरेको हो ।

पुलिसका लागि खेल सुरु भएको ५ मिनेटमै भरत शाहले पहिलो गोल गरे । २८ औं मिनेटमा अभिषेक रिजालले पुलिसको अग्रतालाई दोब्बर पारे। त्यस्तै तेज तामांगले गोल गर्दै पुलिस ३-० ले विजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। खेलको म्यान अफ द म्याच भरत शाह घोषित भए। उनले ७ हजार रुपैयाँ प्राप्त गरे ।

भोलि अग्नी रुपन्देही ११ विरुद्ध दुर्गापुर स्टिल टिसिवाई, कोलकत्ता (भारत) बीच प्रतिस्पर्धा हुनेछ।

पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको विजेताले उपाधिसहित ४ लाख रुपैँया र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १ सय ५० सिसिको यमाहा मोटरसाइकल प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार तथा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.