झापामा पूर्वञ्चलस्तरीय फुटबल प्रतियोगिता चैत्रमा हुने

नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानको आयोजना झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पूर्वाञ्चलमा रहेको सैनिक स्पोर्टिङ्ग क्लब, लखनपुर ११, काँकडभिट्टा फुटबल ट्रेनिंग सेन्टर, उर्लावारी फुटबल क्लब, प्रहरी तालिम केन्द्र रानी, शसस्त्र प्रहरी विभागीय टिम लखनपुर, शरणामती फुटबल क्लब झापा, विर्तामोड युनाईटेड क्लब सहित ८ टिमले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष गणेश आङ्देम्बले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११, दोश्रो हुनेले नगद ५० हजार १ सय ११ रुपैँया नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्ता प्रतियोगिताले मोफसलमा बसेर संघर्ष गरि रहेका खेलाडीको प्रतिभालाई चिनाउन मद्दत गर्ने वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामाले बताए ।

Leave a Reply

Your email address will not be published.