विश्वकप छनौट खेलमा चेक गणतन्त्र,जर्मनी र इंग्ल्याण्ड

विश्वकप छनौट खेल अन्तर्गत आइतबार राति भएको खेलमा चेक गणतन्त्रले प्रभावशाली जित दर्ता गरेको छ । समूह ‘सी’ मा रहेको चेक गणतन्त्रले सान मारिनोलाई ६–० ले हराएको हो । चेक गणतन्त्रका लागि बाराकले २, सेलास्सिएले १, क्रमेनकिकले १ र डारिडाले २ गोल गरे ।

त्यस्तै अजरबैजानलाई ४–१ ले पराजित गर्दै जर्मनी विजयी भएको छ । जर्मनीका लागि शुर्लले २, मुलरले २, गोमेजले १ गोल गरे । ३१ औं मिनेटमा नाजारोभले अजरबैजानका लागि बराबरी गोल फर्काए ।

समूह ‘सी’ को अरु खेलमा नर्दन आयरल्याण्डले नर्वेलाई २–० ले हरायो । आयरल्याण्डका लागि जेमी वार्ड र कोनर वासिङटनले गोल गरे । जितपछि समूहको शीर्ष स्थानमा रहेको जर्मनीको ५ खेलबाट १५ तथा दोस्रो स्थानका आयरल्याण्डको १० अंक छ । चेक गणतन्त्र ८ अंकसहित तेस्रो स्थानमा छ ।

समूह ‘एफ’ को खेलमा लिथुवानियालाई २–० ले पराजित गर्दै इंग्ल्याण्ड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा इंग्ल्याण्डलाई जिताउन जर्मेन डिफो र जेमी भर्डीले एक एक गोल गरे ।

समूह ‘एफ’ कै अर्को खेलमा स्लोभाकियाले माल्टालाई ३–१ तथा स्कटल्याण्डले स्लोभेनियालाई १–० ले हरायो । पाँच खेलबाट १३ अंकसहित इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ भने दोस्रो स्थानको स्लोभाकियाको ९ अंक छ ।

समूह ‘इ’ अन्तर्गतको खेलमा मन्टेनेग्रोलाई २–१ ले पराजित गर्दै पोल्याण्ड विजयी भएको छ । पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्की र लुकास पिसजेकले गोल गरे । मन्टेनेग्रोका लागि स्टेफान मुगोसाले एक गोल फर्काए ।

अर्को खेलमा अर्मेनियाले काजकस्तानलाई २–० ले हरायो भने डेनमार्क र रोमानियाले गोल रहित बराबरी खेले । शीर्ष स्थानको पोल्याण्डको पाँच खेलबाट १३ तथा दोस्रो स्थानको मन्टेनेग्रोको सात अंक छ । सात अंक नै भएको डेनमार्क तेस्रो तथा ६ अंकसहित रोमानिया समूहको चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.