मनाङ मर्स्याङदी राजर्षि जनक फुटबलको फाइनलमा प्रवेश

राजर्षि जनक फुटबल प्रतियोगिता अन्तर्गत आज (आइतबार) भएको खेलमा मनाङ मर्स्याङदी क्लब फाइनलमा प्रवेश गरेको छ । मनाङले हिमालयन शेर्पालाई २-० गोलले पराजित गरेको हो ।

मनाङका लागि ८१ औं मिनेटमा बिमल रानाले गोल गर्दै सुरुवाती अग्रता दिलाए। ९२ औं मिनेटमा ओलावालेले गोल गरेपछि मनाङ २-० ले विजयी भएको हो ।

प्रतियोगिताको विजेताले नगद रु ४ लाख र उपविजेताले नगद रु २ लाख प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published.