नुवाकोटको झिल्टुङमा क्रस कन्ट्री रेस हुने

नुवाकोटको कोल्पुटारस्थित महादेव माविको आयोजनामा नुवाकोटको झिल्टुङमा १३.४ किलोमिटरको क्रस कन्ट्री रेस आयोजना हुने भएको छ। शनिबार महिला र पुरुष दुवैतर्फ खुला तथा विद्यालय स्तरको रेस हुन लागेको आज (आइतबार) आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।

क्रस कन्ट्री रेसलाई नेपाल एथ्लेटिकस संघले प्राविधिक सहयोग रहनेछ। डट रोडमा हुने रेसमा ५ किमि अपहिल, २ किमि फ्ल्याट र ६ किमि डाउनहिल रेस आयोजना गरिनेछ।

दौड नुवाकोट कोल्पुटारबाट सुरु भई बेलिनी, राजटार, खड्काछाप, माझगाउँ, लामाचौर हुँदै कोल्पुटारमै पुगेर समाप्त हुनेछ। राष्ट्रिय कीर्तिमानी खेलाडी कान्छीमाया कोजुले समेत खेलाडीलाई उत्साह प्रदान गर्न दौडिने बताइन्। उनी प्रतिस्पर्धी भने हुने छैनन्।

साढे २ लाख खर्च लाग्ने अनुमान गरिएको रेसमा सिनियरतर्फ ६० भन्दा बढी र विद्यायल स्तरमा सय सहभागीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published.