आर्मी भेट्रान फुटबलको सेमिफाइनलमा प्रवेश

दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आज (आइतबार) नेपाल आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले ढोलाहिटी युथ क्लबलाई ३–२ गोलले पराजित गरेको हो ।

आर्मीका लागि नरेन्द्र खवास, श्रवण विष्ट र सिजर गुरुङले १–१ गोल गरे । ढोलाहिटीका विजय गुरुङले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ द म्याच ढोलाहिटीका लालबहादुर लिम्बू घोषित भए ।

सेमिफाइनलमा आर्मीले साइनिङ सन स्टार क्लब, कैलाली र नाइट किङ क्लब, सानो गौचरणबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published.