इमर्जिङ कप खेल्न नेपाली क्रिकेट टोली बंगलादेश जाँदैछ

एसिसी इमर्जिङ टिम कप खेल्न बंगलादेश जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । १९ जना खेलाडीसहितको नेपाली टोली आज (शनिबार) बेलुका ५ बजे बंगलादेश जाँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, नेपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामा लगायतले काठमाडौंमा विशेष कार्यक्रम गरेर खेलाडीलाई शुभकामना दिएर विदाइ गरेका हुन् ।

इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् । नेपालका बसन्त रेग्मी, पारस खड्का, सोमपाल कामी, शक्ति गौचन भने यो प्रतियोगितामा खेल्ने छैनन् । नेपालले आफ्नो पहिलो खेल आगामी सोमबार पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published.