धनगढी हाफ म्याराथन बैशाख १ गते हुने

धनगढी जेसिजको आयोजनामा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको चौथो संस्करण बैशाख १ गते हुने भएको छ । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा धनगढी जेसिजका उपाध्यक्ष सुरज गिरीले प्रतियोगिताबारे जानकारी दिए।

२१.२ किलोमिटरको हाफ म्याराथनको रुट धनगढी रंगशाला, एलएनचोक, धनगढी चौराहा हुँदै सुदूर विस्कुट इण्डष्ट्रिज पुगेर सोही रुट हुदै पुनः रंगशालामा तोकिएको छ । प्रतियोगितामा विभागीय टोलीसमेत ५ सयको सहभागिता रहनेछ ।

प्रतियोगिताको प्रथम, द्वितीय र तृतीयले क्रमश नगद ५१ हजार, २५ हजार र १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

आयोजक धनगढी जेसिजले हाफ म्याराथनबाट बचेको रकमले धनगढीमा मोवाइल शौचालयको निर्माण गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.