केन्याको क्रिकेट टीम नेपाल आइपुग्यो

आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालसँग खेल्ने केन्याको क्रिकेट टीम नेपाल आइपुगेको छ।

भारत भ्रमणमा रहेको केन्याको टीम बिहीबार राति साढे नौ बजे भारतबाट नेपाल आएको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालसँग केन्याले दुई खेल खेल्नेछ । पहिलो खेल यही शनिबार र दोस्रो खेल सोमबार हुनेछ।

८ टीम सम्मिलित च्याम्पियनसिपमा केन्या ८ अंकका साथ पाँचौं स्थानमा छ भने ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published.