सुदूरपश्चिम नेपालगन्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश

दोस्रो टुवोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता आज (बिहिबार) भएको उद्घाटन खेलमा साविक विजेता सुदूरपश्चिम-११ सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम-११ ले दिल्ली युनाइटेडलाई १-० गोलले पराजित गरेको हो।

सुदूरपश्चिमका लागि २० औँ मिनेटमा अरोंनले गरेको गोल नै निर्णायक साबित भयो।

प्रतियोगिताको विजताले रु ५ लाख र उपविजेताले रु २ लाख ५१ हजार पुरस्कार पाउनेछ । त्यस्तै प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, फारवर्ड, डिफेन्स र मैन अफ दि म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *