राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते फागुनमा हुने

तेस्रो अन्तर्राष्ट्रिय तथा नवौं राष्ट्रिय गोजुरियो कराँते काठमाडौंको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयको आयोजनामा हुने भएको छ । सो प्रतियोगिता विद्यालयको प्रांगणमा यही फागुन २६ गतेदेखि २८ गतेसम्म हुन लागेको हो ।

गोजुरियो कराँतेमा नेपालसहित भारत, बंगलादेश, भुटान, मलेसिया, माल्दिभ्स र सिंगापुरका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरी करिब ५०० खेलाडी सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.