चर्च व्वाइज इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

११ औँ इटहरी गोल्डकप अन्तर्गत काठमाडौंको चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। चर्च व्वाइजले न्यु स्टार क्लब सुनसरीलाई ३– १ को गोल अन्तरले पराजित गरेको हो।

भुवन बस्नेतले पहिलो हाफको २४ औँ मिनेटमा गोल गर्दै न्यु स्टार स्थानीय टोलीलाई अग्रता दिलाए। तर चर्च व्वाइजका लागि दोस्रो हाफको १३ औँ मिनेटमा उमेश दंगालले बराबरी गोल गरे। त्यस्तै दोस्रो हाफको २४ र ३२ औँ मिनेटमा मार्टिनले दुई गोल गरेपछि चर्च व्वाइज ३-१ ले विजयी भयो । खेलको म्यान अफ द म्याच मार्टिनले घोषित भए। उनले ५ हजार नगद प्राप्त गरे।

चर्च व्वाइजको भेट अब एपिएफसँग हुनेछ।

मंगलवारको खेल व्वाइज युनियन क्लब काठमाण्डौ र कञ्चनजंगा स्पोर्टिङ क्लब दार्जिलिङबीच हुनेछ। प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। –

Leave a Reply

Your email address will not be published.