शेख कमलको उपाधि टीसी स्पोर्टस्‌लाई, किरण चेम्जोङ नायक

बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको उपाधि माल्दिभियन क्लब टीसी स्पोर्टस्‌ले जितेको छ। नेपाली राष्ट्रिय टिमका नम्बर १ गोलकिपर किरण कुमार चेम्जोङ नायक भएपछि टीसी स्पोर्टस्‌ले सो उपाधि हात पारेको हो।

शुक्रबार भएको फाइनलमा किरणले तेस्रो डिभिजनको दक्षिण कोरियाली क्लब पोचेन सिटिजन को २ पेनाल्टी रोकेपछि उनको टिम ४-२ गोलले विजयी हुँदै ३० हजार अमेरिकी डलर बराबरको उपाधि जितेको हो । योसँगै माल्दिभ्सको क्लब अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्दै नयाँ इतिहाससमेत रचेको छ।

निर्धारित समयसम्म २-२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा किरणले पहिलो बल नै रोकिदिएका थिए। यस्तै अर्का कोरियाली खेलाडीले पहार गरेको बल खुट्टाले रोकेका थिए। माल्दिभ्सका सबै चारक खेलाडीले गोल गरेका थिए।

किरनले उपाधि जितेलगत्त्तै दर्शकदिर्घाबाट नेपालको राष्ट्रिय झन्डा मागेर काँधमा राख्दै मैदानमा नाँचेका थिए। माल्दिभ्सका लागि खेले पनि उनले राष्ट्रिय झण्डा बोकेका हुन्।

माल्दिभियन क्लबसँग किरणको यो पहिलो प्रतियोगिता हो । सेमिफाइनलमा नेपाली क्लब मनाङमसर्यङदीलाई १–० ले पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । र फाइनलमा टीसी स्पोर्टस्‌लाई उपाधि जिताउन सफल भए।

Leave a Reply

Your email address will not be published.