मेस्सी नायक हुँदा बार्सिलोना ५ गोलले विजयी, पुनः शिर्ष स्थानमा

आइतबार बिहान भएको खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सेल्टा भिगोलाई ५–० गोल अन्तरले पराजित गरेको छ। यस खेलमा लिओनल मेस्सी फेरि नायक साबित भए। उनले २ गोल गर्नुका साथै गोलका लागि दुईवटा सुन्दर मौका जुराइदिएका थिए।

बार्सिलोनाका लागि २४ औं मिनेटमा मेस्सीले अग्रता दिलाए। उनले मैदानको बीचबाट दौडाउदै ल्याएको बललाई डिबक्स नजिकैबाट गोलको दिशा दिएका थिए। मेस्सीले ४० औं मिनेटमा नेइमारलाई दोस्रो गोलका लागि मौका मिलाइदिएका थिए। बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता लिएको थियो।

Lionel Messi celebrates after opening the scoring for Barcelona after 24 minutes against Celta Vigo at the Nou Camp

दोस्रो हाफको खेल सुरु भएको १९ औं मिनेटमा अर्थात् ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेका थिए। बार्सिलोनाका लागि ५७ औं मिनेटमा इभान राकिटेकले चौथो गोल गरे।

The Brazilian celebrates after scoring his impudent chip with five minutes remaining of the first-half

बार्सिलोनाका लागि पाचौ गोल सामुअल उमटिटीले गरेका थिए। उनले ६१ मिनेटमा मेस्सीले डिबक्स भित्र दिएको क्रस पासलाई गोलमा परिणत गरेका थिए।

यो जीतसँगै केही समयका लागि आफ्नो प्रतिद्वन्दी रियल म्याड्रिडसँग शीर्षस्थान गुमाएको बार्सिलोना ६० अंकका साथ पुनः शिर्ष स्थानमा फर्किएको छ।

रियल म्याड्रिडले शनिबार राती भएको खेलमा एइबारलाई ४–१ गोलले पराजित गर्दै ५९ अंकका साथ शीर्षस्थानमा उक्लिएको थियो। रियल म्याड्रिडले बार्सिलोनाभन्दा एक खेल अझै खेल्न बाँकी रहेको छ।

Barcelona striker Luis Suarez chases after Celta Vigo's Sergi Gomez as he looks to hold onto possession

Former Liverpool flop Iago Aspas attempts to put pressure on Lionel Messi during the opening period

Leave a Reply

Your email address will not be published.