रोनाल्डोले अन्तिम ४ मिनेटमा २ गोल गर्दा रियल म्याड्रिडको उद्धार

रियल म्याड्रिडको घरेलु मैदान, सान्टियागो बेर्नाबेउमा लस पाल्मसले ३–३ गोलको बराबरीमा रोकेपछि स्पेनिस लिगको शीर्षस्थानमा बार्सिलोना उक्लिएको छ। रियल म्याड्रिडका लागि सबैभन्दा ठूलो दूर्भाग्य गारेथ बेलको रातो कार्ड बन्न पुग्यो। बेल केही साताअघि मात्र मैदानमा फर्किएका हुन्।

Gareth Bale was sent off for a moment of madness which cost his side as Real Madrid dug deep to rescue a point

इस्कोले ८ मिनेटमा म्याड्रिडलाई पहिलो अग्रता दिलाए। तर, त्यसको दुई मिनेटपछि नै टानाले गोल फर्काउदै पहिलो हाफको खेललाई १–१ को बराबरीमा ल्याएका थिए। पहिलो हाफको खेल १–१ को बराबरीमा टुँगिएको थियो।

गारेथ बेलले दोस्रो हाफको २ मिनेटपछि नै दोहोरो पहेँलो कार्ड खाए।उनको बाहिरिए सँगै घरेलु टोली दबाबमा परेको थियो। बेल बाहिरिएको ९ मिनेटपछि, सर्गियो रामोसले हातले बल रोकेपछि पाल्मसले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। जसलाई जोनाथन भियराले गोलमा परिणत गरे।

Bale clashed in the 48th minute with Jonathan Viera and referee David Fernandez Borbalan didn't hesitate with the red card

पाल्मसले दोस्रो हाफको ११ मिनेट भित्र ३–१ को अग्रता लिएको थियो, जब जर्मनी मिडफिल्डर केभिन प्रिन्स बोएटिङले भ्रमणकारी टोलीले पेनाल्टीको अवसर पाएको तीन मिनेटपछि अर्को गोल थपे।

क्रिस्टियनो रोनाल्डोले अन्तिम ४ मिनेटमा २ गोल गर्दै रियल म्याड्रिडको उद्धार गरेका थिए।रोनाल्डोले ८६ मिनेटमा पेनाल्टी र ८९ मिनेटमा कर्नरबाट पाएको बललाई गोलमा परिणत गरेका थिए।

The 32-year-old Ronaldo steps up to stroke in goal No 28 of the season for Real to set up a grandstand finish in Madrid

The Welshman was clearly incensed with the referee's decision but he could have no complaints having kicked his opponent

 

Leave a Reply

Your email address will not be published.