तिलोत्तमा गोल्डकपको फाइनलमा संकटा र आर्मी भिड्ने

हिमालयन मनोज / खेलकुदनेपाल

बुटवल –

१९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ। देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीले रुपन्देही ११ लाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेको हो ।

निर्धारित समयसम्म गोलरहित बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। पेनाल्टी सुटआउटमा आर्मीले रुपन्देही ११ लाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेको हो ।

फाइनलमा आर्मीले संकटाको सामना गर्नेछ। फाइनल खेल शनिबार हुनेछ।

प्रतियोगिताको विजेताले नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले नगद रु ३ लाख ५५ हजार ५ सय ५५ पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन ।

Leave a Reply

Your email address will not be published.