म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

युरोपा लिग अन्तर्गत आज (विहिबार) बिहान भएको दोस्रो लेगको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टर युनाइटेडले फ्रान्सको सेन्ट इटिन क्लबलाई उसैको घरेलु मैदानमा १–० ले पराजित गरेको हो।

म्यानचेस्टरका लागि हेनरिक मखिटारियनले १६ मिनेटमा गोल गरे। दस खेलाडीमा सिमित म्यानचेस्टरले १–० ले पराजित गरेपछि समग्रमा ४–० गोलको अन्तर निकाल्दै समूह–१६ मा प्रवेश गरेको छ। ६ दिनअघि जाल्टन इब्राहिमोभिकको हयाट्रिकको मद्धतले म्यानचेस्टरले ३–० को नतिजा निकालेको थियो।

दोस्रो हाफको ६३ मिनेटमा इरिक बेलीले रातो कार्ड पाएपछि म्यानचेस्टरले २७ मिनेट १० खेलाडीमा सिमित रहेर खेल्नु परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *