संकटा बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश

१९ औँ बुढासुब्बा गोल्डकप अन्तर्गत आज (बुधबार) भएको सेमिफाइनल खेलमा संकटा क्लब विजयी भएको छ । संकटाले रुपन्देही ११ लाई २-१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो।

संकटाका लागि अनिलले २३ औं मिनेटमा र खेल सकिन ९ मिनेट हुदा गोल गरे । ४३ औं मिनेटमा दीपक राईले रुपन्देहीका लागि एक गोल फर्काए । खेलको म्यान अफ दी म्याच अनिल घोषित भए ।

संकटाले शनिबार आयोजक धरान फुटबल क्लब र नेपाल पुलिस क्लबको विजेतासँग फाइनल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *