होलीको शुभकामना सहित नेपाल फाईनल प्रवेश

मनोज थापा, बिराटनगर

बिराटनगरमा जारी ५ औ साफ महिला प्रतियोगिता अन्तर्गत भएको पहिलो सेमी-फाईनल खेलमा नेपाल विजय भएको छ।

नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको छ। पहिलो हाफमा श्रीलंका रक्षात्मक खेल खेल्दा नेपाललाई पहिलो गोलको निम्ति ४२ औ मिनेट कुर्नु पर्यो। नेपालको तर्फबाट जन जर्घामगरले ४२ औ मिनेटमा गोल गर्दा नेपालले खाता खोलेको थियो।

त्यसै गरी खेलको ७३ औ मिनेटमा अनिता बस्नेत, ८३ औ मिनेटमा सवित्रा भण्डारी र ८६ औ मिनेटमा रेखाले आफ्नो खेल जीवनको पहिलो अन्तर राष्ट्रिय गोल गरेको थिईन।

यस जित सँगै अब भारत र बंगलादेश बीच हुने दोश्रो सेमी-फाईनल खेलको विजेता सँग नेपालले ८ गते फाईनल खेल खेल्ने छ।