हिमालयन बैंकले जित्यो अन्तरबैंक फुटसल च्याम्पियनसीपको उपाधि

नेपाल मै पहिलो अन्तरबैंक फुटसल च्याम्पियनसीपको उपाधि हिमालयन बैंकले हात पारेको छ।

शनिबार आयोजित फाइनल खेलमा ग्लोबल आईएमई बैंकलाई ३-०  ले पराजित गर्दै हिमालयन बैंकले उपाधि जितेको हो ।

हिमालयनले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । यसैगरी उपविजेता ग्लोबल आईएमईले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । दुवै टिमले २०१९ का लागि स्वीमिङ मेम्बरसिप पनि पाएका छन् ।

प्रतियोगितामा सबैभन्दा मूल्यवान खेलाडीको पुरस्कार हिमालयनका आँचल खत्रीलाई प्रदान गरियो ।

सर्वाधिक गोलकर्तामा आँचल सहित हिमालयनकै विवेक महर्जन र एनआईसी एसियाका सुरज महर्जन रहेका छन् । उनीहरु तीनैजनाले समान ९-९ गोल गरेका थिए ।

हिमालय बैंकका सुरज चन्द सर्वोत्कृष्ट गोलकिपर छनोट भए । उनीहरु चारैजनाले उक्त कम्प्लेक्समा सन् २०१९ का लागि स्वीमिङ मेम्बरसिप पाएका छन् ।