सुनौलो संगम सेमी-फाइनल प्रवेश

रामनगर मैदान, बुटवलमा जारी चौथो सयपत्री गोल्ड कप २०७६ अन्तर्गत चितवान ११ को बिरुद्ध सुनौलो संगम ३ गोलको अन्तरले विजयी भएको छ।

पहिलो हाफ गोल रहित खेलेका दुवै टोली दोश्रो हाफको सुरुवात देखिनै आक्रामक खेल खेलेका थिए। दोश्रो हाफको सुरुवातमै रंजित थापाले खेलको ३७ मिनेटमा सुनौलो संगमलाई अग्रता दिलाएका थिए र त्यस लगत्तै कान्छा गुरुङले गोल गर्दै २-० को अग्रता दिलाएको थिए भनि मोहन थापाले ६५ मा गोल गर्दा सुनौलो संगमको जित निश्चित भएको थियो।

यसै गरी उत्कृस्ट प्रदर्शन गरेका कान्छा गुरुङ लाई “म्यान अफ द म्याच” घोसित भएका थिए। यसै गरी सोमबार हुने प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेल अन्तर्गत अभिषेक चर्च ब्वाइज र फर्साटिकर युवा क्लब बीच हुनेछ।

(मनोज थापा, खेलकुदनेपाल)