सुनौलो संगम फाइनल प्रवेश

भैरव देशभक्त बिरुद्ध कठिन जित निकाल्दै सुनौलो संगम, रामनगर मैदानमा जारी चौथो सयपत्री गोल्डकपको फाइनल प्रवेश गरेको छ।

जारी प्रतियोगिताको दोश्रो सेमी फाइनल अन्तर्गत आज भएको खेलमा पहिलो हाफ गोल रहित खेलेका दुवै टोलीले दोश्रो हाफमा अत्यन्त सुन्दर खेलको प्रदर्शन गरेका थिए।

खेलको एक मात्र गोल सुनौलो संगमको तर्फबाट मोहन थापाले खेलको ५० औ मिनेटमा गरेका थिए। उनी ” म्यान अफ द म्याच ” घोसित भएका थिए।

अब शनिबार हुने फाइनल खेल अन्तर्गत सुनौलो संगमको सामना फर्साटिकर युवा क्लब बीच हुनेछ।

(मनोज थापा, खेलकुदनेपाल)