सुनौलो संगम उदयमान

रुपन्देही फुटबलमा नयाँ खेलाडी उत्पादन गर्ने अन्य क्लब मध्ये सुनौलो संगमको नाम सभै भन्दा माथि आउछ।

धेरै पछि रुपन्देहीमा हुने प्रतियोगितामा सहभागिता जनाएको सुनौलो संगमले आफ्नो पुनरागमन उपाधि संग गरेको छ। चौथो सयपत्री गोल्ड कप २०७६ मा सहभागिता मात्र होइन उपाधिनै हात परेको छ।

सुनौलो संगमले, सुनौलो संगम र उपाधि बिच थियो। फर्साटिकर युवा क्लब, हाल रुपन्देही जिल्लामा हुने धेरै प्रतियोगिताको विजेता हो। फर्साटिकर युवा क्लब, यो बर्ष मात्रै ६ वटा उपाधि जितेको फर्साटिकरको नि प्रदर्शन आकर्षित रहेको छ।

जिल्लाको प्रतियोगितामा, चौथो सयपत्री गोल्डकप २०७६ अन्तर्गत रुपन्देहीका दुई महारथीको भिडन्तमा उपाधि सुनौलो संगमले हात पारेको छ। खेलको पहिलो हाफ गोल रहित खेलेका दुवै टोलिले दोश्रो हाफमा अतयेंत सुन्दर खेलको प्रस्तुति दिएका थिए।

खेलको एक मात्र अथवा निर्णायक गोल सुसाइड गोल मार्फत भएको छ। सुनौलो संगमको मोहन थापाको क्रसलाइ फर्साटिकरका डिफ़ेण्डर आकाश रानाले आफ्नै पोस्ट मा गोल गरे।

उपाधि मेडल, प्रमाण पत्र सहित सुनौलो संगमले रु २,२२,२२२ हात पारेको छ। खेलको “म्यान अफ द म्याच” सुरज हमाल घोसित भए भने प्रतियोगिताको उत्कृस्ट गोल किपर सुनौलो संगमका युजल थापा, डिफ़ेण्डर पनि सुनौलो संगमका आशिष गुरुङ, मिड फ़िल्डर फर्साटिकरका धुव राई, फरवार्ड कान्छा गुरुङ र प्रतिओयोगिताको सर्बोश्रेष्ठ खेलाडी सुनौलो संगमका मोहन थापा भएका छन्।

सो प्रतियोगिताको अफ़िसिअल मीडिया खेलकुदनेपाल.कम रहेको थियो। हामी सधैव यसरी नै मोफसलका प्रतियोगिता प्रति समर्पित हुनेछौ।

(मनोज थापा, खेलकुद नेपाल)