सागमा सात देशबाट २९१० खेलाडी सहभागी

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सात देशबाट सहभागी भएका छन्।

सात देशबाट कुल २९१० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

राष्ट्रिय टिम तयारी समितिले सागमा सहभागी ७ राष्ट्रबाट २६   खेलका लागि २९१० खेलाडीको सहभागिता रहने जनाएको  छ ।

१३ औं सागमा कुन देशको कति खेलाडी ?

१ नेपाल – खेलाडी ५९४ अफिसियल १८६

२ श्रीलंका –  खेलाडी ५५६  अफिसियल – १८३

३ भारत – खेलाडी ५३५ अफिसयल – १६७

४ बङ्लादेश –  खेलाडी – ४७८ अफिसियल – १४७

५ पाकिस्तान – खेलाडी  ३७८ अफिसियल – १०५

६ मालदिभस – खेलाडी २५२ अफिसियल ६८

७ भुटान – खेलाडी ११७ अफिसयल २७

जम्मा खेलाडीहरु : २९१०

अफिसियल : ७६९

कूल सहभागी : ३६७९

समितिका अनुसार ७ सय ६९ अफिसियल सहभागी हुनेछन् । खेलाडी र अफिसियल गरी कूल ३ हजार ६ सष ७९ जना सहभागि हुनेछन् ।

मंसिर १५ देखि २४ सम्म काठमाडौं पोखरा र जनकपुरमा सागका विभिन्न खेलहरु हुनेछन् । भलिबलतर्फका खेलहरु भने मंसिर ११ देखि नै शुरु हुँदैछ ।

१३ औं सागमा  नेपालबाट सर्वाधिक धेरै खेलाडी सहभागी हुनेछन् । नेपालबाट ५ सय ९४ खेलाडी र १ सय ८६ अफिसियल सहभागी हुनेछन् ।

यस्तै श्रीलंकाबाट ५ सय ५६ खेलाडी र १ सय ८६ अफिसियल, भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसियल, बंगलादेशबाट ४ सय ७८ खेलाडी र १ सय ४७ अफिसियल, पाकिस्तानबाट ३ सय ७८ खेलाडी र १ सय ५ अफिसियल सहभागी हुनेछन् ।

त्यस्तै माल्दिभ्सबाट २ सय ५२ खेलाडी र ६८ अफिसियल तथा भुटानबाट १ सय १७ खेलाडी र २७ अफिसियलले सहभागिता जनाउने छन् ।

सागमा कुल ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ । तेस्रो पटक नेपालमा साग आयोजना हुँदैछ ।