सयपत्रीको सेमिफाइनल यात्रा

बुटवल, रुपन्देहीमा जारी चौथो सयपत्री गोल्ड कप अन्तर्गत आयोजक सयपत्रीले ९0+३ मिनेटमा सरोज योञ्जनको गोलको मद्दतले आयोज़क सयपत्रीले सेमिफाइनल यात्रा तय गरेको छ।

पहिलो हाफको २१ औ मिनेटमा पाल्पा ११ को निम्ति सुस्मित के.सी. को गोलले अग्रता लिएको पाल्पा ११ भने दोश्रो हाफमा आयोजक सामु निरिह देखिएको थियो। पहिलो हाफमा लय र दिशा गुमाएको आयोज़क सयपत्रीले दोश्रो हाफमा सुन्दर खेल प्रस्तुत गरेको थियो।

आयोजक सयपत्रीको निम्ति दोश्रो हाफमा खेलको ४९ औ मिनेटमा सुर्य थापाको गोलको मद्दतले खेल बराबरीमा आएको थियो। खेलको अन्तिम समयमा अत्येंत रोमान्चक बनेको खेलमा आयोजकको निम्ति सरोज योञ्जनको गोल
नै निर्णायक बनेको थियो र सरोज नै खेल का ” म्यान अफ द म्याच ” घोसित भएका थिए।

भोलि आईतबार प्रतियोगिताको दोश्रो क्वाटर फाईनल खेल अन्तर्गत सुनौलो संगम युवा क्लब, देवीनगर र चितवन ११ बीच हुने आयोज़कले जानकारी दिएका छन्।

(मनोज थापा, खेलकुदनेपाल)