श्रीलंका विजयी हुदा, सेमी-फाईनलको समीकरण पुरा

मनोज थापा, बिराटनगर:

५ औ साफ प्रतियोगिता अन्तर्गत आज चौथो दिनको खेल सकिदा प्रतियोगिताको सेमी-फाईनल समीकरण पुरा भएको छ।

आजको हार संगै माल्दिव्स र भुटान प्रतियोगिता देखि बाहिरिएको छन भने भारत, श्रीलंका , बंगलादेश र आयोजक नेपाल भने प्रतियोगिताको सेमी-फाइनलको यात्रा गर्नेछन।

आज भएको खेल अन्तर्गत श्रीलंकाले माल्दिव्स माथि २-० को जित निकालेको छ। खेलको ४० औ र ५० औ मिनेटमा चालानी कुमारीले दुवै गोल गर्दा श्रीलंका विजयी भएको छ।

शनिबार हुने नेपाल बिरुद्ध बंगलादेश को खेलबाट समुह विजेता र उपविजेता को निर्णय हुनेछ।