शान्ति नमुना र स्मृति फाइनलमा प्रवेश

मनोज थापा: क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता, रुपन्देहीको छात्रा तर्फको फाइनलमा शान्ति नमुना मा.बि. प्रवेश भएको छ।

आज भएको पहिलो सेमी फाइनल प्रतियोगितामा सिद्धार्थ ई.बो. स्कूललाई ० को बिरुद्ध १ गोलले पराजित गर्दै शान्ति नमुना मा.बि. फाइनल प्रवेश गरेको हो। खेलको एक मात्र गोल विजया खरालले खेलको पहिलो हाफ को अन्तिम समयमा गरेकी थिईन ।

त्यस्तै आज भएको अर्को क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता, रुपन्देहीको छात्रा तर्फको फाइनलमा स्मृति बो. प्रवेश भएको छ।

आज भएको दोश्रो सेमी फाइनल प्रतियोगितामा श्री जान ज्योति स्कूललाई ० को बिरुद्ध ६ गोलले पराजित गर्दै स्मृति फाइनल प्रवेश गरेको हो।

खेलमा स्मृतिको तर्फबाट मनिषा सेनले ३ गोल गरेकी थिईन भने अन्जु दर्लामीले २ तथा माया सरी गाहाले १ गोल। यसैसंग सो जारी प्रतियोगिता को फाइनल समिकरण पुरा भएको छ।

अब १९ गते हुने फाइनलमा शान्ति न.मा.बि र स्मृति बो. बीच हुने छ। यी दुवै टोली गत संकरणका विजेता तथा उपविजेता हुन् |