शंखमुललाई राष्ट्रिय फुटसल लिगको उपाधि

भदौ २५, काठमाडौं : शंखमुल फुटसलले राष्ट्रिय फुटसल लिगको उपाधि हात पारेको छ।

आइतबार बाँसबारस्थित चउर रिक्रिएसनल सेन्टरमा भएको फाइनलमा किअफलाई ५-४ ले पराजित गर्दै शंखमुल च्याम्पियन बनेको हो।

शंखमुलको जितमा सुरज राउतले २ तथा अभय राना, अनिस श्रेष्ठ र निर्मल गुरुङले १-१ गोल गरे। किकअफका लागि सुमन डंगोलले २ तथा मनि लामा र रजिन पाण्डेले १-१ गोल गरे। प्रतियोगिताको उकृष्ट खेलाडी पनि शंखमुलकै सुरज राउत घोषित भए। यस्तै उत्कृष्ट गोलरक्षक शंखमुलकै अनिस श्रेष्ठ तथा उत्कृष्ट प्रशिक्षक पनि शंखमुलका प्रकाश परियार बने।

किक अफका राज शाही उत्कृष्ट डिफेण्डर तथा सामाखुशीका विनोद गुरुङले इमर्जिङ प्लेयर घोषित भए। अखिल नेपाल फुटसल संघ एन्फाको आयोजना तथा टर्नपाइकको व्वयस्थापनमा भएको लिगकव विजेता शंखमुलले नगद ५ लाख तथा उपविजेता किकअफले २ लाख ५० हजार पुरस्कार हात पारेको छ।

प्रतियोगितापछि २५ खेलाडी छनोट गर्दै एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्का लागि राष्ट्रिय टिम बनाउने एन्फाले जनाएको छ। यो प्रतियोगिता इरानमा हुने एएफसी फुटसल छनौट खेलका लागि नेपाली राष्ट्रिय टोली निर्माणको प्रमुख आधार हो ।

6 thoughts on “शंखमुललाई राष्ट्रिय फुटसल लिगको उपाधि

Leave a Reply

Your email address will not be published.