विश्वकप फुटसलमा नेपाल ‘वाइल्ड कार्ड’ बाट सहभागी, आज अर्जेन्टिना जाँदै

नेपाल फुटसल सङ्घले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि बुधबार १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग खेल्नेछ। दोस्रो खेल क्याटलनासँग यही चैत १९ गते तथा समूहको अन्तिम खेल यही चैत २० गते फ्रान्ससँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन्।

नेपाली टोली:
समीर कार्की (कप्तानी)
दीपेन्द्र रसाइली,
वरदान लामा,
दिनेश श्रेष्ठ,
विशाल थापा,
सुजन बलामी,
साहिल राना,
राजु बुढाथोकी,
अनुप राना,
गौरव श्रेष्ठ,
सञ्जीव तामाङ,
ग्रिजेशमान श्रेष्ठ

प्रशिक्षक: कमल विष्ट

विश्वकप खेल्न नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ। नेपाल समूह ‘डी’ मा छ। त्यस समूहमा क्यानडा, क्याटलाेनिया (स्पेन) र फ्रान्स छ।

विश्वकप फुटसलमा नेपालले ‘वाइल्ड कार्ड’बाट सहभागिता जनाउन लागेको हो।