ला लिगा आजदेखि सुरु, पहिलो खेलमा बार्सिलोना र एथ्लेटिक क्लब भिड्दै

आज देखि स्पेनिस ला लिगा सुरु हुँदैछ। शुक्रबार पहिलो खेल डिफेन्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिक क्लब बीच हुँदैछ।

यो खेल नेपाली समय अनुसार राति १२: ४५ मा सुरु हुनेछ।

Image result for barcelona vs athletic club

एथ्लेटिक विल्बाओको मैदानमा हुने खेलमा मेस्सी नखेल्ने सम्भावना छ । ला लिगा इतिहासमा अहिलेसम्म रेलिगेसनमा नपरेका दुई टिम हुन्, बार्सिलोना र एथ्लेटिक विल्बाओ ।

बिल्बाओले यो समरमा एक जना पनि नयाँ खेलाडी किनेको छैन । बरु उसले आफ्नै एकेडेमीबाट खेलाडीलाई पहिलो टिममा बढुवा गराएको छ ।

Image result for barcelona vs athletic club laliga

यता बार्सिलोनाले भने विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरेको छ । उसले एन्टोइन ग्रिजम्यान, फ्रेंकी डि जोङ, जुनियर फिर्पो जस्ता खेलाडी अनुबन्ध गरिसकेको छ र अझ पनि केही खेलाडी थप्ने मनसायमा छ ।