रियल र भिल्लारियल बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल म्याड्रिड र भिल्लारियलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन्।

Gareth Bale struck late on at Villarreal to secure a point for Real Madrid on Sundayखेलको १२ औ मिनेटमा जेरार्ड मोरेनोले भिल्लारियललाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ड्यानी कार्भाजलको पासमा बेलले बराबरी गोल फर्काए ।

The Welshman celebrates with his team after bringing them level just before the interval

दोस्रो हाफको ७४ औ मिनेटमा मोइ गोमेजले गोल गर्दै खेलमा पुनः भिल्लारियललाई अगाडि बढाए। तर निर्धारित समयभन्दा ४ मिनेट अघि बेलले गोल गर्दै हार टार्न सफल रहे ।

Bale received his marching orders in stoppage time after picking up his second yellowयस बराबरीसँगै रियल म्याड्रिड ३ खेलमा ५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ।