राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने नयाँ जर्सी अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको छ ।

राजधानीमा एक कार्यक्रमबीच पुरुष र महिला राष्ट्रिय टोलीका खेलाडीहरुले जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सी एन्फाको अाधिकारिक खेल पोसाक कम्पनी केल्मीले बनाएको हो ।

जर्सी केल्मीको अाधिकारिक सोरुमबाट खरिद गर्न सकिनेछ ।