राइजिङ स्टारको विजय सुरुवात

हिजो भएको उद्घाटन खेलमा नवलपरासीको राइजिङ स्टार युवा क्लबको विजय सुरुवात भएको छ।

दाङको बेल्झुन्डी रंगशालामा बिहिबारदेखि सुरु भएको प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ को उद्घाटन खेलमा नवलपरासीको राइजिङ स्टार युवा क्लबद्वारा दाङको सक्सेस फुटबल क्लब ३-० ले पराजित गरेको छ।

प्रदेश नम्बर ५ का समाजिक बिकास मन्त्री माननीय सुदर्शन बराल ज्युद्वारा उद्घाटन भएको खेलमा नवलपरासीका लागी सुरज आले मगरले ब्यक्तिगत ३ गोल गरेका थिए।

प्रतियोगिता अन्तर्गत आज रोल्पा जिल्लाको रम्जाबेसी क्लब र बर्दियाको तारातल युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ भने रुपन्देहीको झरना स्पोर्ट्स क्लबले बाकेको धम्बोजी क्लबको सामना गर्नेछ ।