यू-१९ महिला फुटबल टोलीको विदाई

एएफसी यू-१९ महिला च्याम्पियनससिपको एसिया क्षेत्रको छनोटको दोसो चरणको खेलको तयारीका लागि नेपाली यू-१९ टोली बुधबार चीन प्रस्थान गरेको छ।

सरु लिम्बुको कप्तानीमा रहेको नेपाली टोलीलाई बुधवार एन्फाले बिदाई गरेको छ।

२३ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फाका पदाधिकारीले बिदाई गरे।

मुख्य प्रशिक्षक: हरिओम श्रेष्ठ,

प्रशिक्षक: प्रकाश वैद्य

गोलरक्षक प्रशिक्षक: अस्मिता खवास

टिम म्यानेजर: जमुना गुरुङ

फिजियो: नवीना श्रेष्ठ

नेपाली टोली:

गोलकिपर: अन्जना राना मगर, रेबिका राई, उषा नाथ

डिफेण्डर: निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर

मिडफिल्डर: सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती

फरवार्ड: रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय

थाइल्याण्डमा दोस्रो चरणको छनोट अप्रिल २६ देखि ३० तारिख सम्म सञ्चालन हुनेछ। नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ।