यूएईसँग नेपाली टोली ५–० गोलले पराजित

एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत आज (शनिबार) भएको पहिलो खेलमा आयोजक यूएईसँग नेपाली टोली ५–० को फराकिलो गोल अन्तरले पराजित भएको छ ।

युएईका लागि अहमद हुसैनले ८ र २० औं मिनेटमा,मोहम्मद अलाकाबरीले २३ औं मिनेटमा, खालिद अब्दुल रहिमले ३३ औं मिनेटमा र मोहम्मद रशिदले ६० औं मिनेटमा गोल गरे ।

नेपाली टोलीले सोमबार उज्वेकिस्तान र बुधबार लेबनानको सामना गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published.