युरोपेली यू-२१ च्याम्पियनसिपको उपाधि जर्मनीलाई

युरोपेली यू-२१ च्याम्पियनसिपको उपाधि जर्मनी जितेको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार राती भएको फाइनल खेलमा जर्मनीले स्पेनलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको ४० औं मिनेटमा जेरेमी टोल्यानले दायाँ विङ्गबाट गरेको क्रसमा मिचेल वाइसरले गरेको फ्लिक हेडर फार पोष्टमा सिधै भएको गोल नै निर्णायक साबित भयो।

दुवै टोलीबाट दोश्रो हाफमा अवसरहरु बनेपनि थप गोल हुन नसक्दा जर्मनीले विजय हासिल गरेको थियो। उपाधिको दावेदार मानिएको स्पेनले आशातित प्रदर्शन गर्न सकेन। साउल, एसेन्सियो, डेउलेफेउ लगाएतका अनुभवी खेलाडीहरुले मौकाको सदुपयोग नगर्दा स्पेनले हारको सामना गर्नुपरेको थियो।

Leave a Reply

Your email address will not be published.